• १ पुस २०८१, सोमबार

विद्युत सर्ट भएर आगलागी : लाखौंको क्षति

blog

आगलागीबाट नस्ट भएको घर । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १ गते । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–६ जितेबारीका स्थानीय महेन्द्र गुरुङको घर आगलागी हुँदा करिव साढे १२ लाख रुपियाँ बराबरको क्षति भएको हो ।

प्रहरीका अनुसार आइतबार राति बिद्युत सर्ट भएर गुरुङको घर आगलागी भएको हो । आगलागीबाट ढुङ्गा, माटो, काठ र जस्तापाताको प्रयोगबाट निर्माण गरिएको गुरुङको घर पूर्णरुपम ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

आगलागीबाट ध्वस्त भएको घरको अनुमानित मूल्य आठ लाख रुपियाँ मूल्याङ्कन गरिएको वडाध्यक्ष मदनकुमर गुरुङ (तेज)ले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्रीको दुई लाख ४६ हजार २०० रुपियाँसमेत गरी आगलागीबाट कुल १२ लाख ४६ हजार २०० रुपियाँ बराबरको क्षति हुन पुगेको छ ।