काठमाडौं, पुस १ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानुन व्यवसायीहरु करको दायरामा आएको बताउनुभएको छ ।
सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले २१ हजार कानुन व्यवसायीहरुमध्ये तीन हजार कानुन व्यवसायी करको दायरामा आइसकेको उल्लेख गर्नुभयो । उहाँले कानुन व्यवसायीहरुको रिन्यु पनि कर नतिरेसम्म नगर्ने भने पनि कानुन व्यवसायीहरु करको दायरामा आएको उल्लेख गर्नुभयो ।
सचिव सापकोटाले नवप्रवेशी कानुन व्यवसायीहरुलाई कानुन व्यवसायी परिषद्ले तालिम दिइरहेको बताउनुभयो ।