बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका विभिन्न गाउँबस्तीमा वन्यजन्तु घरमा छिरेर खाद्यान्नलगायतका अन्नमा क्षति पुर्याउन थालेपछि खाद्यान्न जोगाउन विभिन्न उपाय अपनाउन थालिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारका लागि निर्मम समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
पछिल्लो समय गुल्मीमा राजीनामा दिने शिक्षकको लर्को लागेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने भएको छ । पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित गरिएको आगामी कार्ययोजनामा कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म अन्य पार्टीसँग पनि एकताको सम्भावना नरहेको निष्कर्ष निकालिएको हो ।
कञ्चनपुरमा नयाँ प्रजातिको चरा भेटिएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदार बन्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका कोशी प्रदेश र मोरङ जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई कोइराला निवासमा बधाई दिँदै नेता कोइरालाले सञ्चार क्षेत्र कमजोर बन्न नहुने बताउनुभएको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव स्तम्भ शिलान्यास गर्नुभएको छ ।
निर्माण व्यवसायीले समयमै काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्र भइसक्थ्यो । गाउँपालिकाले पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि उक्त सडक अझै अधुरै छ ।
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी पूरा भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक र प्राविधिक दुवै तयारी भए पनि नयाँ भवन हस्तान्तरण हुन नसक्दा डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका प्रमुख डा. लक्ष्मण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीको केही भुक्तानी हुन बाँकी रहेकाले भवन हस्तान्तरण हुन नसकेको हो ।
गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ । बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो ।
परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ ।
कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि मात्रै कामले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो ।