पश्चिम नेपालका दुई प्रमुख निकुञ्जहरु बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको अनुगमन कार्य सुरु गरिएको छ ।
पाल्पाको सदरमुकाम तानसेनमा दैनिक ३० लाख लिटर खानेपानीको आवश्यकता पर्ने गरेको तानसेन खानेपानी उपभोक्ता समिति तानसेकाका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
यहाँको देवघाट गाउँपालिका–५ स्थित घिनटार–टाउनचोक–देवपुर सडक कालोपत्र सुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम गत शनिबारदेखि पुनः सुरु भएको हो ।
४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ । हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्नेछ ।
वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ ।
पोखरामा मङ्गलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ ।
इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्ञप्तिमा जानकारी गराएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष चारमुरी कोदो बेचेर रु १७ हजार आम्दानी गर्नुभयो । छन्त्यालले गत असारमा रु चार हजार खर्च गरेर बाँझो बारीमा कोदोखेती गर्नुभएको थियो ।
नागरिक लगानी कोष र आईएमई लिमिटेडबिच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नुभएको हो ।
विराटनगर, पुस २ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारी भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले उक्त जानकारी दिनुभएको हो । सञ्चार प्रतिष्ठान ऐन पत्रकारको क्षमता विकास र सुरक्षामा महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सरकारबाट भएका विकास–निर्माणका सकारात्मक गतिविधिलाई जनसमक्ष पुर्याउने र गल्ती कमजोरीमाथि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । राससले आफूलाई समयानुकूल परिवर्तन गर्दै ‘सबैले खोज्ने र रोज्ने’ बनाउन सुझाउनुभयो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार पत्रकारिताको प्रवर्धनमा निरन्तर लागिरहेको बताउनुभयो । आगामी वर्ष २० लाख पर्यटक कोशी प्रदेशमा भित्र्याउने योजना रहेको र त्यसले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई २१औँ शताब्दीको सञ्चार संस्थाको रुपमा स्थापित गराउन आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा भएका विकास– निर्माणका कामलाई बाहिर ल्याउन जिल्ला सामाचारदाताहरुलाई निर्देशन दिनुभयो । साथै उहाँले जनतालाई केन्द्रबिन्दुमा राखेर कलम चलाउन आग्रह गर्नुभयो । स्वागत मन्तव्य गर्दै राससका महाप्रबन्धक सिद्धराज राईले सकारात्मक पत्रकारितालाई बढावा दिनुपर्नेमा जोड दिनुभयो । रासस सञ्चालक समिति सदस्य शङ्कर खरेलले सरकारी एवं गैरसरकारीस्तरमा भएका कामलाई नागरिकसमक्ष पुर्याउन सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।मिथिला मिथक विमोचान त्यस अवसरमा कार्यकारी अध्यक्ष झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गर्नुभयो । पत्रकारितासँगै पुस्तकका माध्यमबाट समाज परिवर्तनमा लेखक झाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । रासस
गृहमन्त्री रमेश लेखकले सीमा अपराध, तस्करी पुर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षा ऐन संशोधन र पारित गर्न संसद् र सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका-७ मा रहेको जाखोर ताल क्षेत्रमा चराको बासस्थानमा सुधार भएको छ ।
इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताउनुभएको छ । उहाँले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारीका अवसर सङ्कुचित भएका बताउनुभएको छ ।