सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अर्को एकजना घाइते भएका छन्।
घोराही उपमहानगरपालिकाको विकटबस्तीका रुपमा रहेको चाक्लीघाटमा सञ्चार सेवा विस्तार भएको छ। घोराही उपमहानगरपालिका–२ स्थित चाक्लीघाट क्षेत्रमा मोवाईल सेवा (टावर) सञ्चालनमा आएको छ।
हिउँदमा आकाश सफा भएपछि धनगढीमा सुन्दर देखिएको खेतीपातीको दृश्य । मानव बसोबास विस्तारका कारण कैलालीमा कृषि योग्य जमिन विस्तारै घट्दै गएको छ ।
छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बत र पूर्वी नेपालको सीमावर्ती क्षेत्रका स्थानीय अधिकारीबिच भएको अन्तरदेशीय सीमा बैठकमा नेपालले राखेको प्रस्तावप्रति तिब्बत सकारात्मक देखिएको छ।
त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गत रहेको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही समूहलाई करिब ३० वर्षअघि बलपूर्वक निष्कासित गरिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार स्थायी घर धनकुटा पाख्रिवास नगरपालिका–८ भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, जोरपाटी बस्ने गिरीले अमेरिका पठाउने भनी तीन जनाबाट २४ लाख रकम लिएका थिए।
कोइला र ग्याँसमाथिको निर्भरता घटाउन जापानले सन् २०४० सम्ममा नवीकरणीय ऊर्जालाई आफ्नो ऊर्जाको शीर्ष स्रोत बनाउने योजना बनाएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेलहरु सकिएसँगै प्लेअफको रौनकता बुधबारदेखि सुरु हुँदैछ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताउनुभएको छ । मङ्गलबार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुङ्गा पल्टिँदा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले एक विज्ञप्तिमार्फत पुष्टि गर्नुभएको छ ।
बर्दीबास नगरपालिकाले स्थानीय कृषकलाई सहुलियत दरमा गहुँको बिउँ वितरण गरेको छ ।
नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र प्रभावकारी बनेको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को दश वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दश हजार दुई सय ७४ जनाले ज्यान गुमाएका छन् ।
आर्थिक रुपमा विपन्न परिवारका लागि शौचालय निर्माण गरेर मङ्गलबार धनगढीमा आयोजित एक समारोहका बिच दुई सय शौचालय हस्तान्तरण गरिएको छ।