दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मन्डेलाले भन्नुभएको छ कि ‘शिक्षा दुनियाँ परिवर्तन गर्ने शक्तिशाली हतियार’ हो ।
सामुदायिक विद्यालयको गुणस्तरीयतामाथि प्रश्न उठ्दै आइरहेको अवस्थामा मकवानपुरका दुई ठुला विद्यालयले एकीकरण प्रव्रिmया अघि बढाएका छन् । गुणस्तरीय शिक्षा दिने प्रतिबद्धतासहित मकवानपुरका दुई ठुला माध्यमिक विद्यालय एकीकरण गरी मेगा विद्यालय बनाउने गरी प्रव्रिmया सुरु गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ ।
राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत शालिकराम चौधरीले जानकारी दिनुभयो ।
“अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भन्नुभयो । सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने उल्लेख गर्दै उहाँले किबीभन्दा अलैँचीबाट नै दसौँ गुणा फाइदा हुने बताउनुभयो ।
सङ्घीय सरकारको विशेष अनुदानमा बागलुङको काठेखोला गाउँपालिकाको रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ । रु तीन करोड ६४ लाख ६५ हजारको लागतमा गत वर्षदेखि अस्पताल भवन निर्माण सुरु गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले बजेट सुनिश्चित नहुँदा उदयपुरमा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थलको निर्माण कार्य अगाडि बढाउन नसकिएकोे बताउनुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई प्याटिङको निम्तो दिनुभएको हो ।
स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् ।
वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
१. दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ‘मार्सल ल’ को घोषणा कहिले गरेका हुन् ?
– आधुनिक लोकतान्त्रिक राज्यको सञ्चालन जनताबाट निर्वाचित प्रतिनिधिबाट हुने गर्छ ।
दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ बिजौरी निवासी करिब ३१ वर्षीय कृष्णबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।