सर्लाहीको बागमतीमा लामो समयदेखि जीर्ण अवस्थामा रहेको क्षेत्रीय सडक कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् ।
हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ ।
प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम बलिङ गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएक सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिनुभएको छ ।
निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् ।
काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।
किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ ।
एनिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यस वर्ष एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रुपियाँको सुन्तला उत्पादन गरेको छ ।
अर्घाखाँचीमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ ।
मधेशी र मुस्लिम समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा ६ देखि ५९ महिनाका ५९ जना बालबालिकामा कुपोषणको समस्या देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।