नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा जितका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको सामान्य लक्ष्य दिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गर्नुभएको छ । डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसदलेउहाँलाई गता साता जिम्मेवारीबाट हटाएको थियो ।
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सो आदेश गरेको हो ।
सुदूरपश्चिम महोत्सवमा थारु समुदायको संस्कृति र स्वाभिमानमाथि आँच आउने उच्छृङ्खल कार्य भएको भन्दै थारु समुदायका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा जितका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको सामान्य लक्ष्य दिएको छ ।
कोशी प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा ९९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइ भएकोेमा यस वर्ष ०.०५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङले बताउनुभयो ।
पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकखण्डको अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेतीपुलसम्मको अवरोध हटेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुरका डा. जितु उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान गठबन्धनको लक्ष्य प्राप्तीको मार्गलाई जनताको बिचमा लैजान र विश्वासको वातावरण बनाउन पत्रकार महासंघको निर्वाचनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
जापानको अटो कम्पनी होन्डा र निसानबिच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल सुरू भएको छ । यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एकैपटक चार वटा उपसमिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिले स्वास्थ्य तथा जनसङ्ख्या अध्ययन उपसमिति, युवा तथा खेलकुद अध्ययन उपसमिति, शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमिति र सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमिति गठन गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पार्नुभएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
गोरखाको पालुङटार नगरपालिका अन्र्तगत पर्ने डोटीचौतारा देखि बिरुवाटार सडक कालोपत्रे हुने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिनुभएको छ ।