तनहुँ जल विद्युत आयोजनाले प्रभावित तीन सयभन्दा बढीलाई जीविकोपार्जनकाे लागि मद्धत गरेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीन दिने भ्रमणका लागि बुधबार मकाउ आइपुग्नुभएको छ । सी बुधबार अपराह्न मकाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।
बाँकेका विभिन्न स्थानीय तहमा पछिल्लो समय बेथिति बढ्दै गएको पाईएको छ । जिल्लाका आठ वटा स्थानीय तहमा भ्रष्टाचार भएको भनि १०२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि बेथिति बढेको देखिएको हो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारा सहित बुटवलमा आजदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको उर्जा तथा सिचाई मन्त्री दिपक खड्काले उद्घाटन गर्नुभयो ।
जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा अस्पताललाई रू एक करोड ६० लाख मूल्य बराबरको विभिन्न उपकरण हस्तान्तरण गरिएको हो ।
सुनसरीका इनरुवा नगरपालिकामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामि कार्यक्रम तथा इनरुवा नगरपालिकाको आयोजनामा अन्तर मावि कवितावाचन कार्यक्रम सम्पन्न भएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । उद्योग व्यापार सङ्गठनको आयोजनामा पुस १६ गते (डेसेम्बर ३१) भैरहवामा सडक खाना महोत्सव हुन लागेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले बुधबार डा. शङ्करप्रसाद शर्मा भारतका लागि र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूूत पदमा नियुक्त गर्नुभएको हो ।
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –५ तिन्जेमा उवा चुट्दै कृषक। उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुनेगर्छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पार्टी निर्माणमा जोड दिने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजमार्ग क्षेत्रमा सङ्गठन निर्माणका लागि विशेष ध्यान दिने निर्णय गरेको र प्रदेश समिति र जिल्ला समितिलाई उक्त निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गरिएको बताउनुभएको छ ।
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा उवा चुट्दै कृषक। उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुने गर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनुभएको छ ।
आगमी पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले यो वर्ष पनि गोरखा–काठमाडौं एकीकरण पद यात्रा गर्ने भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा जोड दिनुभएको छ ।
पिकअप भ्यानको ठक्करबाट तुलसीपुरमा एक जना महिलाको मृत्यु भएको छ ।