इजरायली प्रतिनिधिमण्डल मध्यस्थकर्ताहरूसँग भेट्न दोहा आइपुगेको एक दिनपछि हमासले मङ्गलबार कतारमा भएको वार्ता गाजामा युद्धविराम र बन्धक–कैदी आदानप्रदानलाई लक्षित गरी ‘गम्भीर र सकारात्मक’ भएको बताएको छ ।
मनाङको उत्तरमा रहेको नार्पाभूमि गाउँपालिकाले सर्वसाधारणलाई प्रवाह गर्ने सेवा सदरमुकाम चामेको कोतोबाट सञ्चालन गर्ने भएको छ ।
गृहमन्त्री रमेश लेखकले भीडले न्याय दिन नसक्ने बताउनुभएको छ । उहाँले अदालतमा भैरहेको अनुसन्धान प्रकृयालाइ बिथोल्ने चेष्टा नगर्न समेत चेतावनी दिनुभयो ।
देशका विभिन्न गाउँमा टिमुरको माग बढ्दै गएको बेला बाजुराको जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । टिमुरको महत्त्वबारे बाजुराका स्थानीयलाई खासै जानकारी नहुँदा यहाँका अधिकांश वनजङ्गलमा टिमुर त्यतिकै खेर जाने गरेको हो । व्यक्तिगत प्रयोजनका लागि थो
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को एनिमिनेटर खेलमा जितका लागि कर्णाली याक्सले चितवन राइनोज लाई एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
नवलपुरको कावासोती क्षेत्रका महिलालाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन ।
पर्सा, पुस ३ गते । पर्साको ठोरी गाउँपालिकास्थित विजयवस्तीको सुर्ती खेती र किनारामा तोरीखेती । नगदे बाली भएकाले यहाँका किसानले वर्षमा दुईपटक सुर्तीखेती गर्दछन् । तस्बिरः रासस
तनहुँ, पुस ३ गते । तनहुँको व्यास नगरपालिका ५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । तस्बिरः रासस
नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गर्नु भएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ र ४ नम्बर वडाको सिर्दीबास र प्रोकमा घोडा र खच्चडको निःशुल्क बन्ध्याकरण गरिएको छ ।
जलेश्वर, पुस ३ गते । महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित गोतमान पोखरीमा जाल हालेर माछा मार्दै माझीहरू । तस्बिरः रासस
दमौली, पुस ३ गते । तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डाँडामा निर्माण भइरहेको पदमार्ग पर्खाल । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । तस्बिरः रासस
विगत केही वर्षदेखि नागरिकतासँगै राहदानी बनाएर विदेश जाने युवकयुवतीको सङ्ख्या बढ्दै जाने गरेको थियो ।