नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई दुई सय २६ रनले हरायो ।
बाँके जिल्ला फुटबल सङ्घले रिक्त रहेका तिन पदाधिकारी र एक सदस्य मनोनित गरेको छ ।
प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिनुभएको छ।
मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ ।
तनहुँका एक युवक पुर्खाको पेशाबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदारण बन्नुभएको छ। व्यास नगरपालिका–३ देउराली नगर निवासी भीमबहादुर बिकले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको हो।
इरानका सांसदहरूले हिजाब लगाउन इन्कार गर्ने महिलालाई कडा सजाय दिने विधेयकमा संशोधन गर्न माग गरेका छन् ।
कतारले विभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवस मनाएको छ । कतारका संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीद्वारा कतार एकीकरणको स्मरण गरी राष्ट्रिय दिवस मनाइन्छ ।
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्ति सुरक्षा रहेको भन्दै सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका सबै जातजाति, समुदाय, क्षेत्रको समानतामुलक विकासले मात्रै मुलुकको समग्र विकास सम्भव रहेको बताउनुभएको छ ।
सुर्खेतको भेरीगङ्गा नगरपालिको छिन्चुमा प्रादेशिक सरुवारोग अस्पतालको भवन शिलान्यास गरिएको छ ।
विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ।
पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै सामाजिक अपराधका घटनाहरु बढ्दो क्रममा रहेको जनाएको हो ।