सङ्घीय व्यवस्थापिका र देशैभरका प्रदेश व्यवस्थापिकाका सभामुख र प्रदेशसभा सचिवहरू अहिले पोखरामा हुनुहुन्छ । गण्डकी प्रदेशको राजधानी पोखरामा उहाँहरू अहिले
हिरासतमा राख्न मिल्ने म्याद सकिँदै जाँदा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेविरुद्ध अभियोजनको तयारी भएको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका हाट, बजार र पसलहरूमा भारत लगायतका छिमेकी मुलुकहरूबाट ल्याइएका मरेका माछाहरू बिक्री वितरणमा पूर्ण निषेध गरेको छ । नगर कार्य पालिकाको बैठकले पुस १ गतेदेखि लागु हुने गरी निषेध गरिएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।
बिगो असुल तथा सम्पत्ति जफतको हदसम्म मात्र भ्रष्टाचार मुद्दामा प्रतिवादी कायम भएका राष्ट्रसेवक कर्मचारी अब स्वतः निलम्बन नहुने प्रबन्ध हुँदै छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार अमेरिकन डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, स्विडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ । यस्तै, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, थाई भाट र साउथ कोरियन वनको भने भाउ घटेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि गठित सिफारिस समितिको म्याद सकिएको छ ।
कर्णालीमा धान उत्पादन बढेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आवको तुलनामा चालु आवमा पाँच हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसले तोड्न नसक्ने ‘वास्तविक, स्थायी शान्ति’ का लागि आह्वान गर्दै अर्को वर्ष युद्ध अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले मङ्गलबार प्रतिवेदन हस्तान्तरण गरेको छ ।
प्रशान्त राष्ट्र भानुआटुमा मङ्गलबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि समावेश छ । एक प्रत्यक्षदर्शीले एएफपीलाई सहरमा शवहरू देखिएको बताए ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लैङ्गिक एवं यौनिकलगायतका अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताउनु भएको छ ।
पछिल्लो समय नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहेका विषयले विश्वको ध्यानाकर्षण गराएको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा वक्ताले बताएका छन्।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ ।
पश्चिम नेपालकै एक मात्र ठुलो आँखा अस्पताल नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ।
आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो।