बाँकेमा घरेलु हिंसासम्बन्धी ५० वटा उजुरी दर्ता भएका छन् । यो उजुरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको बेला दर्ता भएको हो ।
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ।कम परिणाममा इन्धन बिक्री गरेर ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएपछि अनुसन्धानका लागि पम्पमा शिलबन्दी गरिएको छ।
सोमबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मङ्गलबार भने सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार छ सय ३३ दशमलव ८७ विन्दुमा कायम भएको हो ।
वर्षौंदेखि वनमाराले ढाकेको बाँझो जग्गामा ४० क्विन्टल किवी उत्पादन भएको छ ।
गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको छ ।
मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले भारतसँग अङ्क बाँडेको छ ।
तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका–५, पिप्ले रङ्गशालामा यही पुस १० गतेबाट दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक बागमती प्रदेश फुटबल सङ्घले मङ्गलबार हेटौँडामा पत्रकार सम्मेलन मार्फत प्रदेश लिग फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको चक्रघाटा गाउँपालिका ९ कोरिया बस्ने वर्ष २५ को मन्दिपकुमार यादव छन् ।
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट एक जनाको मृत्यु भएको छ । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले मङ्गलबार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित ‘मिथिला मिथक’ पुस्तकको मुख्यमन्त्री कार्की र कानुनमन्त्री भण्डारीले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ माथि परेका संशोधनमाथि छलफल भएको छ ।
सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित राजविराज–रुपनी र कठौना–पातो सडकखण्डमा मङ्गलबार चक्काजाम गरिएको छ।
रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ ।