• ८ वैशाख २०८२, सोमबार

भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प, एकको मृत्यु

blog

भानुआटु, पुस २ गते । भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट एक जनाको मृत्यु भएको छ । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले मङ्गलबार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ ।

राजधानी पोर्ट भिलाबाट ३७ किलोमिटर टाढा भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी रद्द गरेको एबीसीले जनाएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल