इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताउनुभएको छ । उहाँले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारीका अवसर सङ्कुचित भएका बताउनुभएको छ ।
कास्की प्रहरीले म्याद थपका लागि गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ । मङ्सिर २७ गते थपिएको पाँच दिनको म्याद सोमबार सकिएपछि प्रहरीले बुधबार बिहान उहाँलाई अदालत लगेको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि तयार पारिएका कार्य योजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताउनु भएको छ।
कैलाली, पुस २ गते । कैलालीको टीकापुरदेखि बर्दिया जानका लागि कर्णाली नदीमा डुङ्गामा सवार यात्रुहरू । टीकापुरदेखि बर्दिया जान आउनका लागि दौलतपुर क्षेत्रमा यात्रुहरू डुङ्गाको प्रयोग गर्ने गर्दछन् । तस्बिरः रासस
मुस्ताङ, पुस २ गते । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फा गाउँमा अवस्थित पानीघट्ट । पछिल्लो समय गाउँमा आधुनिक मिलहरु भित्रिएसँगै पानीघट्टको प्रयोग न्यून हुन थालेको छ । तस्बिरः रासस
काठमाडौँ, पुस २ गते । कागेश्वरी मनोहरा नगरपालिका १ स्थित गागलफेदीमा स्थानीयले घर छेउ खेतमा कुनिउँ लगाएर राखेको पराल । तस्बिरः रासस
मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा सम्लग्न भारतीय डाँका सिराहाबाट पक्राउ परेका छन् । प्रहरीले शनिबार सिरहास्थित नेपालभारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो ।
मनसुनका बेला बाढी पहिरोले भौतिक पूर्वाधार एवं मानवीय क्षति निम्त्याएका घटना बिर्सिदे जाँदा आगामी वर्षहरूमा यस्तो परिस्थिति दोहोरिन नदिन नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले तीनै तहका सरकार र अन्य सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
सुनसरी, पुस २ गते । सुनसरीको इनरुवा नगरपालिका ४ मा धान घर लैजान बोझा बाँध्दै किसान । तस्बिरः रासस
स्याङ्जा, पुस २ गते । स्याङ्जाको भीरकोट नगरपालिका ४ र ५ को सीमा भएर बहेको सिम्लेस्थित आँधीखोलामा बाँसको फट्के [अस्थायी पुल] बनाउँदै स्थानीय तथा विद्यार्थीहरु । यस ठाउँमा हिउँदको समयमा वर्षेनी फड्के बनाएर खोला वारपार गर्ने गरिन्छ । तस्बिरः रासस
बझाङ, पुस २ गते । बझाङको साइपाल गाउँपालिका १ र २ वडा रहेको धलौनगाउँ । यहाँ पुग्न सवारी साधन पुगेको तलकोटबाट दुई दिन पैदल हिंड्नुपर्छ । यहाँबाट जिल्ला सदरमुकाम चैनपुर पुग्न तीन दिन लाग्छ । तस्बिरः रासस
चितवन, पुस २ गते । चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । नयाँ सम्झौता अनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । तस्बिरः रासस
म्याग्दी, पुस २ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको दुलेमा सुन्तला बिक्रीका लागि प्याकिङ गरेर बजार पठाउने तयारी गर्दै स्थानीय कृषक । तस्बिरः रासस
कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका आज दिनभरिका लागि बन्द गरिएको छ ।