प्युठान नगरपालिका–७ टिकुरीका डिमराज पोख्रेलले व्यवसायिक मौरी पालन थालेको सात वर्ष भयो । शिक्षण पेशाबाट अवकास लिएसँगै मौरी पालन व्यवसायमा लाग्नुभएका पोख्रेलले मौरीपालनबाटै वार्षिक लाखौं रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १९० किलोग्राम गाँजा बरामद गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले मतदाता नामावली दर्ता कार्य सुरु गरेको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ ।
वर्षातको समयमा चरिचरनका लागि लेक क्षेत्रमा लिएका भेडा यतिबेला औला अर्थात् बेँसी क्षेत्रतिर झारिएका छन् । वर्षातको समयमा चरिचरनका लागि पर्यटकीय क्षेत्र जिउली अर्थात् त्रिवेणी पाटन लैजाने भेडाहरु कात्तिक लागेसँगै औल सार्ने गरिन्छ । यसपालि पनि भेडालाई समयमै तातो हुने क्षेत्रतिर झारिएको भेडा पालकको भनाइ छ ।
वडा नं ४ ले महिलाहरुलाई विभिन्न किसिमका सिपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउँदै आर्थिक विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको वडा अध्यक्ष हेमन्तराज शाक्यले बताउनुभयो ।
कास्की जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले विपन्न नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित हुनुभएको छ । एमाले डोटीको नवौं जिल्ला अधिवेशनबाट निकटम प्रतिद्वन्दी शेरबहादुर मल्ललाई पराजित गर्दै मलासी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान अवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई अहिले सेवाको निरन्तरताको प्रश्नले सताएको छ ।
इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुङ्गा डुबेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले बजेट सुनिश्चित नहुँदा उदयपुर जिल्लामा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अगाडि बढाउन नसकिएकोे बताउनुभएको छ ।
श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा मङ्गलबारबाट अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताउनुभएको छ ।