• २ पुस २०८१, मङ्गलबार

पोखरामा बुधबारबाट दक्षिण एसियाका विकल्पबारे अन्तर्राष्ट्रिय सम्मेलन

blog

पोखरामा हुने ‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’ विषयक कार्यक्रममा सहभागी हुन पोखरा आइपुग्नु भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी।तस्बिरः फडिन्द्र अधिकारी

लेखनाथ, पुस २ गते। पर्यटन राजधानी पोखरामा दक्षिण एसियाका औद्योगिक सम्भावना र विकल्पबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गत रहेको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

बुधबारदेखि शुक्रबारसम्म हुने ‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्प’ विषयक कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार दिउँसो पोखरा आउनुभएको छ।पोखरामा भएको यो कार्यक्रमले नेपालमा लगानीका सम्भावनासहित पर्यटन प्रवर्धनमा सघाउन पोखरा महानगरका प्रमुख धनराज आचार्यको विश्वास छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय सङगठनका नेता, थिङ्क ट्याङ्कका प्रतिनिधि, अन्तर्राष्ट्रिय स्तरका विज्ञ र विद्वानहरूको सहभागिता रहनेछ।नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिङले नेपाल र चीनबिचको बलियो सम्बन्धलाई मजबुत बनाउन र समृद्धिमा सम्भावना खोज्न सम्मेलनले सघाउने अपेक्षा गर्नुभयो।

“पोखरा फेवामात्र होइन, अनेक तालको सुन्दर सहर हो,” उहाँले भन्नुभयो, “भोलि(बुधबार)बाट सुरु हुने फेवा डाइलग (अन्तर्राष्ट्रिय सेमिनार) यसको प्रवर्धनका लागि महत्वपूर्ण सावित हुने अपेक्षा छ ।”