• १ पुस २०८१, सोमबार

धरान प्राचीन सहर हो : मुख्यमन्त्री कार्की

blog

निशा राई 

धरान, पुस १ गते । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरान आफैंमा प्राचीन सहर रहेको बताउनुभएको छ । सोमबार धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते (आज) देखि हुन लागेको रेवाहाङ मेमोरियल बास्केट बल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । 

धरान विभिन्न जातजाति, संस्कृतिको उद्धगमस्थल पनि रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । यसले गर्दा सबैमा एकता कायम गराएको उहाँले बताउनुभयो । 

धरानमा पर्यटनको सम्भावना छ यहाँ धेरै मठमन्दिरहरु छन् जसमा बुढासुब्बा मन्दिर, पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर लगायत वराहक्षेत्रको संगम, विष्णुपादुका मन्दिर लगायत धरान, सप्तकोशी नदी लगायत तराईका फाँटहरु देखिने चिन्डे डाँडा लगायतका धार्मिक स्थल र रमणीय ठाउँहरु भएकोले यी सबैलाई व्यवस्थित गरी लैजान सके धरान कोशी प्रदेशको सबैभन्दा राम्रो पर्यटन क्षेत्र बन्नसक्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । 

साथै धरान खेलकुदको सहरको रुपमा पनि परिचित छ, यहाँ खेलकुद खेल्न मात्र होइन सिकाउनको लागि एन्फा एकेडेमी, बास्केट बल पनि त्यतिकै चर्चित, शिक्षामा पनि धरानमा धेरै क्याम्पसहरु रहेकोले धरान हरेक क्षेत्रमा अगाडि रहेकोले धरान धार्मिक स्थल, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रमा अगाडि रहेकोले यसको लागि धरान उपमहानगरपालिकाले सहकार्य गरे कोशी प्रदेश लगायत केन्द्र सरकारले पनि सहयोग गर्ने उहाँले बताउनुभयो। 

खेलकुदको विकासको लागि बजेट विनियोजन गरेर मात्र नहुने बताउँदै खेलकुदको विकासको लागी व्यवस्थापन सही हुनुपर्ने, नीति तर्जुमा हुनुपर्ने साथै प्रशिक्षकहरु राम्राे हुनुपर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । हाल क्रिकेटले नेपाललाई परिचित गराएको उहाँले बताउनुभयो । धरानको मुख्य समस्या खानेपानीको लागि उच्च वार्ताका साथ आफ्नो नीतिगत प्रबन्ध र बजेटको व्यवस्थापन गर्न समेत कोशी प्रदेश तयार रहको बताउनुभयो । 

धरानका उदयमान बास्केटबल खेलाडी स्व. रेवाहाङ रूछेन्चुङ राईको सम्झानामा विद्यालय स्तरिय तेस्राे यु १८ धरान मेघा रेवाहाङ मेमारियल अन्तर कलेज बास्केट बल प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा धरान आदर्श स्कुल र सुनाखरी स्कुल भएको थियो । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने आयोजक कलेजका अध्यक्ष कैलास लिम्बूले बताउनुभयोे । 

विजेता टिमलाई नगद २५ हजार, उपविजेतालाई नगद १२ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने प्रतियोगिता संयोजक तथा बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले बताउनुभयोे।

कार्यक्रममा स्व.रेवाहाङका पिता रेवतीरवण राई माता सुजता राई, कोशी प्रदेशका सांसदहरु यशाेदा कायस्थ, रमेशकुमार बस्नेत, विजयकुमार राई, धरान बास्केट बल सङ्घका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार हर्ष सुब्बा, मजदुर नेता भीमज्वाला राई लगायतको उपस्थिति थियो ।