अपदस्थ नेत्री शेख हसिनाको शासनकालमा भएको दुर्व्यवहारको छानबिन गरिरहेको बङ्गलादेशको एक आयोगले बहुचर्चित सशस्त्र प्रहरी एकाइ भङ्ग गर्न सिफारिस गरेको छ ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गलत कार्यको अनुसरणले सहकारीमा समस्या आएको बताउनुभएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताउनुभएको छ । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । मन्त्री भण्डारी आइतबार औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।
अछामको कमलबजारमा अवस्थित हावाबाट निकालिएको २० किलोवाटको वायु ऊर्जा । वायु ऊर्जाको सामानहरुमा समस्या देखिएपछि पछिल्लो समय बन्द अवस्था रहेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ ।
टीकापुर हवाइमैदान पुनः सञ्चालनमा आएको छ । आइतबार तारा एयरले व्यावसायिक उडान भरेपछि पुनः सञ्चालनमा आएको हो ।
सबैभन्दा बढी यातायातका साधन आवागमन गर्ने नेपालगन्जका विभिन्न पाँचवटा चोकमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट सञ्चालन भएका छन्।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितको लागि पोखरा एभेन्जर्सलाई एक सय ५४ रनको लक्ष्य दिएको छ ।
धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै देखिन्छ । धरान–१० का पूर्णिमा राईले साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको बताउनुभयो ।
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ ।
शारदाकुमारी मानन्धर आस्था हुन्छ कहाँ कहाँ, भन्नै सकिँदैन ।छेक्छ बाटो सबतिर, हिँड्नै सकिँदैन ।।भोकतिर्खा के हो के हो, बुझ्नै सकिँदैन ।मानव हो कि अमानव, चिन्नै सकिँदैन ।।आवेशमा सही गलत, केही छुट्टिदैन ।मानिसको भावनालाई, जान्नै सकिँदैन ।।सत्यतालाई दोषले, गलाउन सक्दैन ।असत्यको अस्तित्व सर्वदा, हुँदै हुँदैन ।।सूर्यदेवलाई हत्केलाले, छेक्नै सकिन्न ।चन्द्रदेवको शीतलता, दिनमा देखिन्न ।।समयको गति यो रोक्न, कसैले सक्दैन ।सेवाको भावविना कोही मानव बन्दैन ।।आफ्नो देश, संस्कृति, बिर्सनै सकिन्न ।धर्म, कर्म, भेषभूषा, त्याग्न पनि हुँदैन ।।कहिल्यै पनि आफ्नोपन, छोड्नै हुँदैन ।सत्यलाई कहिल्यै उपेक्षा, गर्नै हुँदैन ।।पाको, न्यूरोड काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नुभएको छ ।