नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका उम्मेदवार डिपी अधिकारी निर्वाचित हुनुभएको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गर्नुभएको छ ।
महोत्तरीको भिठामोड–जनकपुर सडक खण्डमा आइतबार बस पल्टिँदा २२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि जनकपुर पठाइएको छ ।
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
ख्याउटे ज्यान, चाउरी परेको मुहार । फिस्स हाँस्दा एउटा मात्र दाँत देखिन्छ । ७६ वर्षमा हरिराम चौधरीको जाँगर तन्नेरीभन्दा कम छैन ।
मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिनुभयो ।
पश्चिम नेपालमै साहित्यको विकासका लागि क्रियाशील संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले यस क्षेत्रको साहित्यलाई थप अगाडी बढाउन ‘संघर्ष संगाती’ कार्यक्रम सुरु गरेको छ ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम सङ्घ कोशी प्रदेश अध्यक्षमा दोस्रो कार्यकालका पनि हाजि ईसराइल मंसुरी निर्वाचित हुनुभएको छ । सुनसरीको इनरुवामा सम्पन्न भएको सङ्घको दोस्रो कोशी प्रदेश कार्यसमितिको अधिवेशनबाट सर्वसहमतिमा मंसुरीको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ ।
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध महाभियोग प्रस्तावमाथि तत्कालका लागि विचार नगर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री हान डक सोसँग शनिबार भएको टेलिफोन वार्तामा दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबुत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल विद्यालय खेलकुद महासङ्घको साधारणसभाले विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । गौतमको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनुभएको हो । शाखामा पदाधीकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले उधौली, यःमरी पुन्ही तथा धान्यपूर्णियामा पर्व २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
पर्साको वीरगज्ज महानगपालिका–६ लाटगलिबाट सशस्त्र प्रहरि बलले ३० लाख रुपियाँभन्दा बढीको कपडा बरामद गरेको छ ।