काठमाडौं, मङ्सिर ३० गते । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको जानकारी दिनुभयो ।
उहाँले इतिहास बोकेको पार्टीको महत्त्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेता÷कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले कांग्रेसल जनतालाई अधिकार दिलाउन नेपालमा अग्रणी भूमिका खेल्ने पार्टी भएको उल्लेख गर्नुहुँदै अरु पार्टीभन्दा जनताले बेग्लै किसिमले कांग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताउनुभयो ।
‘‘हामी नेपाली कांग्रेस पार्टीको क्रियाशिल सदस्य हो । क्रियाशिल सदस्य भएपछि कांग्रेस पार्टी इतिहास बोकेको पार्टी हो । यो पार्टीको महत्त्वबारेमा हामीले अलि ख्याल राख्नुप¥यो ।,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बीजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर कांग्रेस पाल्टिकली अधिकार दिलाउनमा अरु पार्टीभन्दा जनताले बेग्लै किसिमले कांग्रेसप्रति आशाको रुपमा हेर्छन् भन्नेकुरा बिर्सिनु हुँदैन ।’’
उपप्रधानमन्त्री सिंहले नेपाली जनताले कांग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताउनुभयो ।