• ३० मंसिर २०८१, आइतबार

एनपिएल : सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर ३० गते । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितको लागि पोखरा एभेन्जर्सलाई एक सय ५४ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन बनायो । 

सुदूरपश्चिमका लागि आरिस शेखले ३८ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित ४२ रन बनाउनुभयो । यस्तै ब्रान्डन म्याकमुलनले २३, कप्तान दिपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोड्नुभयो ।

बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिनुभयो । यस्तै रेमोन रिफर, सागर ढकाल र माइकल लिस्कले एक एक विकेट लिनुभयो ।