जयकृष्ण यादव
इनरुवा, मङ्सिर ३० गते । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घ कोशी प्रदेश अध्यक्षमा दोस्रो कार्यकालका पनि हाजि ईसराइल मंसुरी निर्वाचित हुनुभएको छ । सुनसरीको इनरुवामा सम्पन्न भएको सङ्घको दोस्रो कोशी प्रदेश कार्यसमितिको अधिवेशनबाट सर्वसहमतिमा मंसुरीको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
मंसुरीको नेतृत्वमा निर्वाचित उपसभापतिद्वयमा मोहमद महताव आलम र मो.बसिर मियाँ, सचिवदोयमा नईम अन्सारी र हारुन रसिद, सहसचिवमा सलामुद्धिन अन्सारी र कोषाध्यक्षमा आविद अलि अन्सारी चयन हुनुभएको छ ।
सङ्घको एक समावेशी उपसभापति महिलापछि मनोनयन गर्ने भएको छ । यसैगरी, सदस्यहरुमा इर्साफिल शैख, अब्दुल मोजिव, मुवारक मियाँ, मो हसैन, सजान मियाँ, गुलजार आलम, जेहरा खातुन, मो इलियास, एजाज अहमद अन्सारी, गुफरान अली, जिन्नत अली, मो अख्तर रेजा,अब्बदुल्ला खान, मो. मोफिद बैग (मुन्ना) र तौवाब अन्सारी सर्वसहमति रुपमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
संघको कोशी प्रदेशको दोस्रो अधिवेसनको नेपाली कांग्रेस केन्द्रीय उपसभापति तथा पूर्व रक्षा मन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको प्रमुख अतिथि रहनुभएका खड्काले नेपाली कांग्रेस सबै नेपालीको पार्टी भएकाले मुस्लिम समुदायलाई सम्बोधन र सम्मान गर्न सङ्घलाई भातृ संस्थाको रुपमा राखेको बताउनुभयो ।
उहाँले नेपालको राजनीति परिवर्तनमा नेपाली कांग्रेससँगै मुस्लिमहरुको योगदान रहेकोले सङ्घलाई पार्टीले भ्रातृ संस्थाको रुपमा विकास गरेको बताउनुभयो । फरक प्रसङ्गमा अहिलेको एमाले र कांग्रेसको गठबन्धनमा आवश्यक भएकाले बनेको चर्चा गर्नुभयो । उहाँले गठबन्धनका तर्फबाट नेपाली जनताको हित र विकासका लागि काम गरिरहेको बताउनुभयो । प्रदेश कार्य समितिको अधिवेशन प्रदेश सभा सदस्य तथा सङ्घका प्रदेश अध्यक्ष हाजि ईसराइल मंसुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सङ्घको कोशी प्रदेश नेता नईम अन्सारीका अनुसार उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजीव कोइराला, हरिनगरका अध्यक्ष गफार अन्सारी, कोशी अध्यक्ष ऐयुब अन्सारीसहित पार्टी जिल्ला सभापति एवम् इनरुवा नगर प्रमुख केदार भण्डारीसहितको उपस्थिति थियो ।