• २१ असार २०८१, शुक्रबार

राष्ट्रिय सभाको बैठक बस्दै

blog

काठमाडौँ, असार १९ गते । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालय र कार्यालयहरूको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग सम्बन्धी विनियोजन शीर्षकमाथि छलफल सचिवालयले जनाएको छ ।