शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
घण्टाकर्ण चर्तुदशीका दिन उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व (गथांमुगः चःह्रे) मनाउने प्रचलन छ । साउन कृष्ण चर्तुदशीका दिन मनाउने यो पर्वमा नरकठ वा पराल छ्वाली ले बनाइएको घण्टाकर्णलाई खोला सेलाउने वा दहन गरी मनाउने गर्दछ ।
यसै दिन भक्तपुरको दत्तात्रयका नेवार समुदायले पनि गठेमंगल पर्व (गथांमुगः चःह्रे) राक्षस दहन गरी मनाएको छ । धान रोपेर सकिएपछि घरभित्रका दूषित किटाणु भगाउन धुप बालेर धुवाँ पठाउने पनि गरिन्छ । गठेमंगललाई घण्टाकर्ण पर्व र भूत भगाउने पर्व पनि भनिन्छ ।





















मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।