बाँकेका विभिन्न स्थानीय तहमा दादुराविरुद्धको खोप सञ्चालनका लागि प्रयाप्त मात्रामा खोप मौज्दात रहेको छ । नेपालगन्ज खजुरा, नरैनापुर स्थानीय तहमा दादुराबिरुद्धको खोप अभियानका लागि हालसम्म एक लाख ५ हजार जनालाई पुग्ने खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।
भूकम्प जानुअघि भूकम्पबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरक्षा फौजबाट कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको छ ।
इलामको माई नगरपालिका स्थित मैनाचुली सामुदायिक बनको जंगलमा बेवारिसे अवस्थामा शव फेला परेको छ । दाउरा लिन गएका स्थानीयले बिहीबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभामा आदिबासी जनजाति समुदायको प्रतिनिधित्व आशलाग्दो हुन नसकेको बताउनुभएको छ ।
यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ।
गीतकार सुधा मरहट्टाको शब्दमा रहेको सन्देशमुलक गीत ‘ख्याल ठट्टा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रिय सहमतिका लागि पार्टी तयार रहेको बताउनुभएको छ।
सप्तरीको तिरहुत गाउँपालिकामा आगलागीबाट नौ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिरहुत गाउँपालिका वडा नं ४ डिमन टोलमा शुक्रबार दिउँसो स्थानीय हरेराम यादवको घरबाट सल्केको आगो छिमेकीमै टाँसिएको तेजनारायण यादव र ओमनारायण यादवको घरमा समेत फैलिएको थियो ।
प्रतिनिधि सभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
तनहुँको सदरमुकाम दमौलीमा पिङबाट लडेर ए युवक घाइते हुनुभएको छ । शुक्रबार बिहान ११ः३० बजे पिङ फुकाल्ने क्रममा लडेर उहाँ घाइते हुनु भएको हो ।
दार्चुलामा बिहीबारदेखि हिमपात भएको छ। व्याँस र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागमा हिमपात हुँदा चिसो बढेको छ।
स्थानीयहरूले दान दिनुभएको डेढ विघा क्षेत्रफल जग्गामा सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ । सो भवनको एक कार्यक्रमबीच शिलन्यास गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लामो समय कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका स्वर्गीय नेता हर्ष स्याङ्बोलाई जीवन रहुन्जेल पार्टीले उचित सम्मान दिन नसकेको बताउनुभएको छ । शुक्रबार रातो घर फाउण्डेसनले पुराना वामपन्थी नेता स्याङ्बो सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका –१८ मा रहेको माध्यमिक विद्यालय लग्दहवामा शिक्षकलाई तलब खुवाउन वडा कार्यालयले विद्यालयका लागि सटर निर्माण गरिदिएको छ ।