बाँकेको बैजनाथ ८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माण गरी आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्याउने स्थानीयको आशा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुरा हुन पाएको छैन ।
माघे सङ्क्रान्तिका दिन अर्थात् यही १५ जनवरी २०२३ का दिन यती एयरलाइन्सको विमान दुर्घटना भयो । उक्त दुःखद घटनामा ५३ जना नेपाली र १५ जना विभिन्न देशका विदेशी नागरिकसहित ७२ जना मानिसले अकालमा मृत्युवरण गर्नु प¥यो । त्यो अकल्पनीय त हो नै अनि त्यो ठूलो चिन्ता, भावुक र संवेदनशील विषय पनि हो हुन त नेपालमा यो पहिलो र ठूलो दुःखद दुर्घटना भने होइन । यद्यपि आन्तरिक उडानको यो अहिलेसम्मको सबैभन्दा ठूलो हवाई दुर्घटना भने अवश्य हो । यद्यपि वितेको २३ वर्षयता देशमा यस्ता ठूला साना १७ वटा विमान दुर्घटना भइसकेका छन् । त्यस्ता दुर्घटनामा परेर तीन सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । तिनबाट हामीले उचित शिक्षा लिएर सम्बन्धित सबै क्षेत्रमा आवश्यक सुधार, सतर्कता र सावधानी अपनाउनु सबैभन्दा महìवपूर्ण हो ।
देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ र सो क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको भन्ने बुझिन्छ । साथै मुलुक निर्माणमा आवश्यक पर्ने हरेक किसिमका जनशक्ति मुलुकभित्रै उत्पादन हुन्छ भन्ने ठहर्छ । गुणस्तरीय शिक्षामा आमनागरिकले समान अवसर पाउनु पर्छ । राज्यले अवलम्बन गरेको नीतिले नागरिकलाई गुणस्तरीय शिक्षा दिई सबल र सक्षम बनाउन सहयोग गर्नुपर्छ । शिक्षा व्यक्तिको नैसर्गिक अधिकार हो र नागरिकको यो अधिकारलाई नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्थाले सुनिश्चित गरेको छ भने धारा ३९ को बालबालिकाको हकको व्यवस्थाले यसको पक्षपोषण गरेको छ ।
२०७२ सालमा संविधान जारी भएपछि नेपालमा सङ्घीय शासन प्रणालीको सुरुवात भएको थियो । सोही संविधानले निर्धारण गरेको तीन तहका (सङ्घ, स्थानीय र प्रदेश) सरकार निर्माण भएका छन् । यसैअनुरूप अहिले गाउँगाउँमा सिंहदरबारको चर्को नारा घन्किएको छ । केन्द्रीकृत रूपमा रहिआएका अधिकार पालिका तहसम्म पुगेका छन् । काठमाडौँको सिंहदरबारबाट हुने कार्य अहिले प्रदेश हुँदै स्थानीय सरकारबाट हुन थालेका छन् । यसलाई मुलुक सङ्घीय शासन प्रणालीमा गएपछि भएको उपलब्धिका रूपमा हेरिएको छ ।
सप्तरीको कञ्चनरूपा गाउँपालिकाका पाँच विपन्न दलितले उपचार नपाएर ज्यान गुमाएको खबर केही हप्ताअघि एक राष्ट्रिय दैनिक पत्रिकाले महत्वका साथ छापेको थियो । समाचारअनुसार दुई महिनासम्म टाउको दुखेपछि बबिता पासवानले घरमै मृत्युवरण गरिन् । श्रीमतीको नाकको फुली बेचेको पैसा सकिएपछि उपचार पनि सकियो, घर फर्किएसँगै चन्दु सदाको मृत्यु भयो । ४५ हजार रुपियाँ सकिएपछि १६ दिनमा भिखो खंगको रेफर भयो । राम्रो अस्पताल लैजान पैसा नहुँदा उनको घरमै मृत्यु भयो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गर्नुभएको छ । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग शुक्रबार औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश (रुट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गर्नुभएको छ ।
विराटनगर महानगरपालिका–१६ मा रहेको मुलुककै पुराना उद्योग दी जुद्ध म्याच फ्याक्ट्रीको भवन भत्काउन थालिएको छ । आनन्दराज श्रेष्ठले वि.सं. १९९५ सालमा स्थापना गर्नुभएको सलाई उद्योग नेपाल बैङ्कको लिलामीमा शारडा ग्रुपले सकार गरेपछि झन्डै साढे आठ दशक पुरानो फ्याक्ट्रीको अस्तित्व नै मेटिने गरी भत्काउन लागिएको हो । स्थापनाका हिसाबले नेपालको पहिलो सलाई उद्योग भए पनि दर्ता भने वि.सं. २००२ सालमा भएको थियो । उद्योगको सात बिघा १६ कट्ठा १३ धुर जग्गा र मेसिनरी सामान चलनचल्ती र सरकारी मूल्याङ्कनभन्दा आधाभन्दा कम मूल्यमा लिलाम बिक्री भएको छ ।
माघ महिनाको सुरुकै दिन यती एयरलाइन्सको विमान दुर्घटना हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको छ। उक्त दुर्घटनापछि आन्तरिकदेखि बाह्य पर्यटक पोखरा आउने क्रम घटेको छ। विदेशी पर्यटक र आन्तरिक पर्यटकको आगमन प्रभावित बनेको पर्यटन व्यवसायी बताउँछन्।
कपिलवस्तु सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा देशभरकै अस्पतालमध्येमा सर्वोत्कृष्ट बन्न सफल भएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको न्यूनतम सेवा मापदण्ड (एमएसएस (मिनिमम सर्भिस स्ट्यान्डर) स्रोत व्यक्तिको प्रतिनिधिका रूपमा गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. उत्तम पच्याले कपिलवस्तु अस्पताललाई ९६ प्रतिशत अङ्कसहित सर्वोत्कृष्ट अस्पताल घोषणा गर्नुभएको हो। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले अस्पतालमा आयोजना गरेको कार्यक्रममा कपिलवस्तु अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अङ्क ल्याएको स्रोत व्यक्ति पच्याले बताउनुभयो।
बागलुङको जैमिनी नगरपालिका–१० का ५५ वर्षीय गम्भीर विकले ढुङ्गाखानीमा कालिगडका रूपमा जीवनको ऊर्जाशील जीवन बिताउनुभयो। ढुङ्गाखानीमा काम थाल्दाको केही वर्षसम्म आम्दानी पनि राम्रो थियो। ढुङ्गा कुँदेरै परिवार पाल्नुभएको थियो। गाउँघरमै रोजीरोटी चलेपछि उहाँ वैदेशिक रोजगारी तथा स्वदेशमा पनि अन्य पेसामा लाग्नुभएन।
जिल्लाको पूर्वी भेगस्थित निस्दी गाउँपालिकामा विद्युत् विस्तारको काम अगाडि बढेको छ। निस्दीको विद्युत् विस्तार गर्न बाँकी भएका अधिकांश गाउँमा केही महिनाभित्र बिजुली बत्ती बाल्ने गरी काम भइरहेको हो। डेढ दशकअघि यहाँका स्थानीय बासिन्दाले विद्युतीकरणका लागि बाख्रा तथा सुँगुरका पाठा बेचेर पाँच हजारदेखि सात हजारसम्म रकम सङ्कलन गरेका थिए। यद्यपि विद्युत् विस्तारको काम गर्ने ठेकेदारका कारण लामो समयसम्म विद्युत् विस्तार हुन सकेको थिएन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २९औँ साधारण सभाको शुुक्रबार राजधानीमा उद्घाटन गर्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महìवपूर्ण काम गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएको जानकारी दिनुभयो । “अब यो तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्छु,” उहाँले थप्नुभयो ।
जाजरकोटको छेडा बजारमामा सेफ हाउस सञ्चालनमा ल्याएको छ । प्रहरी चौकी छेडा बजारबाट खटिएको प्रहरी टोलीले शिवालय गाउँपालिका १ छेडा बजारमा सेफ हाउस सञ्चालनमा ल्याएको हो ।
के बालक, के युवा, के बूढाबूढी; जाडोमा फेसनसँगै शरीर तताउन नभई नहुने पहिरनका रूपमा स्थापित हुँदै छ मफलर। काममा जान होस् या घुम्न, धेरैको आवश्यकता बनेको छ मफलर। फेसन डिजाइनर अनित भुजेल भन्नुहुन्छ, “म स्कुटर चलाउँदा टोपी र मफलर प्रयोग गर्छु। जाडोमा कहिल्यै छुटाउँदिनँ।” ऊनको टोपी र मफलर मन पर्ने भएकाले प्रायः लगाइरहने उहाँ बताउनुहुन्छ। जाडोमा शरीर तातो बनाउन र जुन लुगामा पनि राम्रो देखिन मफलर प्रयोग गर्ने उहाँले बताउनुभयो। वानपिस लुगा होस् वा कोट, मफलर लगाएमा सुनमा सुगन्ध हुने भुजेलको ठम्याइ छ।