• १३ असोज २०८१, आइतबार

बालबालिकाको सुरक्षामा सेफ हाउस स्थापना

blog

छेडावजारमा सेफ हाउस सञ्चालन आएको । तस्बिर: गाेरखापत्र

वासुदेव शर्मा 

जाजरकोट, माघ ७ गते । जाजरकोटको छेडा बजारमामा सेफ हाउस सञ्चालनमा ल्याएको छ । प्रहरी चौकी छेडा बजारबाट खटिएको प्रहरी टोलीले शिवालय गाउँपालिका १ छेडा बजारमा सेफ हाउस सञ्चालनमा ल्याएको हो । 

शिवालय, जुनीचाँदे, कुशे गाउँपालिका तथा छेडागाड नगरपालिकाको मुख्य नाका छिन्चु जाजरकोट राजमार्ग अन्तर्गत पर्ने छेडा बजारमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपूर्ण, सुरक्षित समाज निर्माणको निम्ति बालबालिकाको सुरक्षा हाम्रो सरोकार, तपाईँको सूचना सुरक्षाको आधार लेखिएको होडिङ्ग बोर्ड स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताउनु भयो । 

बालबालिकालाई लक्षित गरी स्थापना गरेको सेफ हाउस  बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाको सहयोगमा सेफ हाउस सञ्चालनमा ल्याएको छ ।