• १२ मंसिर २०८१, बुधबार

पिङबाट लडेर युवक घाइते

blog

पिङबाट लडेर घाइते रसाईलीको दमौली अस्पतालमा उपचार हुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ ६ गते । तनहुँको सदरमुकाम दमौलीमा पिङबाट लडेर ए युवक घाइते हुनुभएको छ । शुक्रबार बिहान ११ः३० बजे पिङ फुकाल्ने क्रममा लडेर उहाँ घाइते हुनु भएको हो ।

बुटबल महानगरपालिका –२ का २१ वर्षीय दिनेश रसाइली घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरीका अनुसार पाँचौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवको लागि बनाइएको पिङ फुकाल्ने क्रममा युवक लड्नुभयो । घाइतेको टाउकोमा चोट लागेको र दमौली अस्पतालमा उपचार भइरहेको छ ।