• ३० मंसिर २०८१, आइतबार

एनपिएल

काठमाडौँलाई विराटनगरको सामान्य लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर ३० गते । प्ले अफ होडबाट बाहिरिसकेको विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो अन्तिम खेलमा जितका लागि काठमाडौँ गुखार्जलाई एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ । 

त्रिवि मैदान कीर्तिपुरमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनायो । 

विराटनगरका लागि  राजेश पुलामीमगरले २५ रन बनाउनुभयो । ओपनर दीपक बोहराले २०,  स्कट एडवार्डले १५ र वसिर, अहमदले १३ र निकोलनस किर्तनले १२ रन बनाउनुभयो । 

विराटनगरलाई सस्तैमा रोक्न काठमाडौँका जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिनुभयो ।

यस्तै दीपेश कँडेलले दुई तथा साहब आलम, करण केसी र डानियल डाउथवेटले एक एक विकेट लिनुभयो । काठमाडौँका प्ले अफमा पुग्न आज फराकिलो जितको आवश्यकता छ ।