आर्थिक वर्ष २०८१/८२ को चार महिनामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले पाँच अर्ब ८९ करोड बराबरको हकप्रद सेयर
नेपाल पत्रकार महासङ्घको शुक्रबार सम्पन्न निर्वाचनको मतगणना अन्तिममा चरणमा पुगेको छ हालसम्मको मतगणना अनुसार अध्यक्षमा निर्मला शर्मा जितनजिक पुग्नुभएको छ
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संसद्ले महाअभियोग लगाएको छ ।
सेवा प्रवाहका क्रममा कसैले अनियमितता गरेमा वा आर्थिक लाभ लिन खोजेमा नियन्त्रण गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने निकायका रूपमा चिनिन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।
पत्रकार महासंघ अर्घाखाँची अध्यक्षमा गणेश खनाल निर्वाचित हुनुभएको छ । उहाँ गोरखापत्रको अर्घाखाँची समाचारदाता हुनुहुन्छ । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी अशोक खनाललाई १९ मत अन्तरले पराजित गर्दै गणेश अध्यक्षमा निर्वाचित हुनुभएको हो।
मोरङ जिल्लामा विभिन्न समयमा ट्राफिक प्रहरीद्वारा चेकिङ गर्दा कागजपत्र बिलबुक, लाइसेन्स र नियमविपरीत चलाइएका मोटरसाइललाई नियन्त्रण लिई जिल्ला अदालत परिसरमा बेवारिसे राखिएको छ ।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाको अध्यक्षमा प्रेस चौतारी नेपालका अनिल खत्री निर्वाचित हुनुभएको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट यहाँ अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका खत्री १३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । बस अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्षमा डिलाराम भुसाल निर्वाचित हुनुभएको छ। भुसालले ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन संयोजक सरोज खनालले बताउनुभयो।
आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हुँदै गएका छन्। आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच लोप हुन थालेका हुन्। सरकारी पक्षबाट पनि यस्ता संस्कार र सांस्कृतिक नृत्यहरूको संरक्षणमा चासो नराख्नुले यिनको पुस्तान्तरणसमेत हुन सकेको छैन।
दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् ।
नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता बढाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार रमेश विष्ट भन्दा शर्मा ११ सय ४४ मतले अगाडि हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नयाँ ढङ्गले पार्टीका कामकारबाहीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । केन्द्रीय संगठन विभागको आयोजनामा शनिबारदेखि सुरु भएकोराष्ट्रिय कार्यशाला गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति अशोकराज सिग्देल आज देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको अन्तिम दलले कवाज निरीक्षण गर्नुभएको छ।