जीवछ यादव
लहान, मङ्सिर २९ गते । नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि मनोज कुमार बनैता यादव निर्वाचित हुनुभएको छ ।
शाखाको अध्यक्षमा दोस्रो कार्यकालका लागि स्वतन्त्र समूहबाट यादव निर्वाचित हुनुभएको हो । उहाँले ३३ मत प्राप्त गर्नुभएको छ भने नेपाल प्रेस युनियन र प्रेस चौतारी गठबन्धका उम्मेदवार राम बाबु यादवले ३० मत र प्रेस सेन्टरका हिरालाल चौधरीले १२ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा युनियन र चौतारी गठबन्धनबाट रोयाण्टर मण्डल ३० मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँको निकटम प्रतिद्वन्दी शिवदयाल यादव स्वतन्त्र समूहबाट २८ र प्रेस सेन्टरका उम्मेदबार जीवछ यादवले १६ मत पाउनुभएको छ ।
सचिवमा प्रेस सेन्टरका मुकेश यादवले २७ मत ल्याएर विजयी हुनुभएको छ भने स्वत्न समूहका विरेन्द्रप्रसाद नेपाल र गठबन्धनका फिरोज सिद्धिकीले २४/२४ मत पाउनुभएको छ । कोषध्यक्षमा गठबन्धका प्रेस चौतारी आवद्ध शुभ नारायण कामती, सह सचविमा प्रेस युनियनका ऐलिना हिमाङग चौधरी र सह सचिवमा गठबन्धका प्रेस चौतारीका धमेन्द्र पासवान निर्वाचित हुनभएको छ ।
मधेश पार्षदमा भारती गुप्ता, डा. जय नारायण यादव आशिष कुमार साह, गणेश प्रसाद साह र सन्तोष कुमार यादव निर्विरोध हुनुभएको छ । जिल्ला शाखा सदस्यमा मधेशी सदस्यमा मोहनकुमार साह निर्वाचित हुनुभएको छ भने जय नाथ यादव, सरोजकुमार पासवान र राकेशकुमार मिश्रा (सोनु) निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक महेन्द्र मण्डललले जानकारी दिनुभयो । उहाँको अनुसार शुक्रबार राति अवेरसम्म जिल्लाको परिणाम आएकाले प्रदेश र केन्द्रको मतगणना इलाका प्रहरी कार्यालयमा राखिएको र आज शनिबार १० बजेदेखि गणना भइरहेको छ । आजै २–३ बजेसम्म अन्तिम मत परिणाम आउने जनाएको छ । केन्द्रीय पार्षदमा मनिलाल विश्वकर्मा, दिनेश्वर प्रसाद गुप्ता देव कुमार यादव निर्वाचित हुनुभएको छ ।
सिरहा शाखाका लागि अध्यक्ष पदमा निर्वाचित अध्यक्ष बनैता यादवले पहिलो कार्यकालमा सिकाइ भएको अनुभवबाट दोस्रो कार्यकालमा शाखाका लागि व्यवसिथत भवन निर्माण, पत्रकार उत्पादन र प्रशिक्षण र सबै पक्षलाई समेटेर एकता सहकार्य गरेर अघि बढाउने बताउनुभएको छ ।