निजामती सेवाबाट अलग गरी स्वायत्त रूपमा संसद् सेवा गठनको स्मरणमा सङ्घीय संसद् सचिवालयले संसद् सेवा दिवस मनाएको छ ।
नेपालका प्रमुख सहरको वायुको गुणस्तर अस्वस्थकर बन्दै गएकाले गुणस्तर सुधारका लागि सामूहिक पहलको खाँचो रहेको विज्ञहरूले औँल्याउनुभएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा फेलापरेको छावालाई आरक्षकै हात्तीसारमा रहेको शोभाकली (माउ हात्ती) ले आफ्नै सन्तान जसरी माया दर्साउन थालेको छन् ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
गुल्मीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलदेखि देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो ।
नेपाल पत्रकार महासंघ बर्दिया शाखाको शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्मल घिमिरे १७ मत अन्तरले निर्वाचित हुनुभएको छ । सो निर्वाचनमा ३६ मत प्राप्त गरी घिमिरे विजयी हुनुभएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अनुमति दिएर दर्ता भएका कम्पनीहरुमार्फत मात्रै घरजग्गा खरिदविक्री गर्ने कानून छिटै कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गर्नुभएको छ ।
भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताउनु भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ।
‘नदीनाला कसका ?’ विषयक दश दिने तस्बिर प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा शुक्रबारदेखि फोटो सर्कलद्वारा विभिन्न अनुसन्धानकर्ता, फोटोग्राफर तथा कलाकारसँग सहकार्य गरेरे तस्बिर प्रदर्शनी आयोजना गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गर्नुभएको छ।
कालीकोटको प्रायः धेरै क्षेत्रमा पिउने पानीको अभाव छ । पिउने पानीको परिपूर्तिका लागि गाउँमा संरचना बने पनि धारामा पानी भने आउँदैन ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन’ (सीपीपीसीसी) को राष्ट्रिय कमिटी सदस्य एवं चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस यिन शुनले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।