धरान उपमहानगरपालिकाको वडा नम्बर ५ देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काइएको छ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिटोभन्दा छिटो प्रदेशको नामकरण गर्नका लागि आवश्यक परामर्श र छलफल गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह उद्घाटन गर्नुभएको छ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीको नेतृत्वले गर्दैआएको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस राजनीतिक रूपमा सही बाटो तय गर्न नसकेको भन्दै सो पक्षका नेताहरूले नेतृत्वको आलोचना गरेका छन् ।
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ । आइतबार स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गर्नुभएको हो ।
अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा छोटो फिल्म 'ब्लड मनी' बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नुभएको छ । सिड्नीमा भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल ’टाइटन’ मा ऋचाले उक्त अर्वाड जित्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दैआएको बताउनुभएको छ ।
कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ । भक्तपुरमा आयोजित चौथो एपीक नेपाल म्युजिक अवार्ड प्रदान गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आइतबार बिहान सुर्खेत वीरेन्द्रनगर ११ झुप्रा खोला नजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गयो । ज्यान गुमाउने चारै जना स्वास्थ्यकर्मी हुन् ।
अन्नपूर्ण क्लब (आरसिटी) खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर रुपेश जैसवालले जित्नुभएको छ ।
लिभरपुल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गुल्मीको एक स्थानीय तहले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाले विद्यार्थीहरूलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क लोकसेवा तयारी सञ्चालन गर्न लागेको हो ।