• २२ असार २०८१, शनिबार

अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु

blog

टोक्यो, माघ ८ गते । जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरू चार जना जलेर घाइते भएका छन् ।

त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्नि नियन्त्रकहरू आएका थिए ।

जापानी समाचार समिति क्योडोले दिएको जानकारीअनुसार अग्नि नियन्त्रकले सो आगलागी भएको स्थानबाट चार जनाको शव निकालेको र अरू चार जनालाई अस्पताल पुर्‍याएको छ । उनीहरू अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ ।

सो अपार्टमेन्ट रहेको भवनको दोस्रो तल्लासम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ ।आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस/सिन्ह्वा