देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबिचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आउनुभएको छ । उहाँ शुक्रबार बिहान काठमाडौं ओर्लिनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गर्नुभयो ।
पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित चालक घाइते भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्धधर्म एक चम्किलो धागोका रूपमा रहेको बताउनुभएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सय र चाँदी प्रतितोला रू ६५ घटेको हो ।
यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।
तनहुँ, मङ्सिर २८ गते ।प्रचारप्रसारको अभावमा रहेको तनहुँको व्यास नगरपालिकाको टाकुरामा अवस्थित क्यामिनकोट भैरव मन्दिर । तस्बिरः रासस
सुनसरी, मङ्सिर २८ गते । सुनसरीको इनरूवा नगरपालिका–४ स्थित थोक तरकारी बजारमा हरियाे तरकारी किनमेल गर्दै स्थानीयवासी । तस्बिरः रासस
मुस्ताङ, मङ्सिर २८ गते । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बिक्रीका लागि सडक किनारामा राखिएका स्याउका पोकाहरु । तस्बिरः रासस
कञ्चनपुर, मङ्सिर २८ गते । कञ्चनपुरको बेलौरी नगरपालिकाको रामनगरका किसान काउलीको बिरुवा गाेडमेल गर्दै । यस क्षेत्रका किसानले काउली खेतीबाट राम्रो आम्दानी लिँदै आएका छन् । तस्बिरः रासस
दाङ, मङ्सिर २८ गते । प्याब्सन घोराहीको आयोजनामा हुन लागेको तेस्रो प्याब्सन घोराही रनिङ शिल्ड प्रतियोगिता सुरु हुनु अघि बिहीबार दाङको घोराही बजारमा पदयात्रा गरिँदै । तस्बिरः रासस
मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले युरोपियन युनियनका कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बिहीबार ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ।
कुश्मा नगरपालिकाले रु. १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गर्नुभयो । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
कर्णाली प्रदेश सरकारले कृषि पर्यटन प्रवर्धन कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ ।