देवेन्द्र पाण्डेको निर्देशनमा साङ्गीतिक चलचित्र ‘जुनेली’ सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाल स्रष्टा समाजसँगको सहकार्यमा समकालीन नेपाली उपन्यासका स्वर तथा प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ माथि अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
नेपाली चलचित्रका चर्चित कलाकार एउटै मञ्चमा देखिने भएका छन् ।
‘माग्ने राजा’ नामक चलचित्र बन्ने भएको छ । निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै बिहीबार चलचित्रको नाम सार्वजनिक गरेको हो ।
रियालिटी सो ‘एक्टिङ स्टार’ को निर्णायक सार्वजनिक गरिएको छ ।
नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन र काज सरुवा गरेको छ । प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल आन्तरिक कर्जा १.३ प्रतिशतले बढेको छ ।
बढ्दो विप्रेषण र घट्दो अन्तर्राष्ट्रिय व्यापारका कारण मुलुकसँग विदेशी मुद्रा थुप्रिएको छ ।
डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणले विवादमा रहेका उद्यमीका ऊर्जा आयोजनाको विद्युत्को रकम भुक्तानी रोक्न नपाउने भएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी सङ्घले सरकारसँग वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट प्रणालीको अन्त्य हुनुपर्नेलगायतका नौबुँदे माग राखेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग [एनपिएल]मा आज दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा काठमाडौँ विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।
नबिल बैङ्कले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, गोइरीमा रहेको ढुङ्गाखानीको सिलेट, ढुङ्गा, मार्बल, टायल र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट हालसम्म तीन अर्ब ३२ करोड ४३ लाख रुपियाँ खर्च गरेको छ ।