स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यदि कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गर्नुभयो।
युरोपेली सङ्घ (ईयू)का सदस्य राष्ट्रहरूले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको सुरुदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन् ।
भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जङ्गलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताउनुभएको छ।बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको बताउनुभएको हो। उहाँले साना कुरामा नअल्झीकन विश्वविद्यालयलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
दाङको घोराही उपमहानगरपालिका–१२ बटलपुरका किसानले लगाएको तोरी । दाङमा तोरी उत्पादन राम्रो भए पछि किसान उत्साहित भएका छन् ।
गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सप्तरी शाखामा ४ जना निर्विरोध चयन भएका छन् । पत्रकार महासङ्घ सप्तरीको प्रमुख निर्वाचन अधिकृत कार्यालयद्वारा बिहीबार प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा ४ जनालाई निर्विरोध घोषणा गरेका हुन् ।
गण्डकी प्रदेशलाई उत्तरबाट दक्षिण जोड्ने प्रमुख राजमार्गको रूपमा निर्माण भइरहेको कालीगण्डकी कोरिडोरको नवलपुर खण्ड (पहिरोग्रस्त क्षेत्रबाहेक) निर्माण सम्पन्न भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानको युद्धग्रस्त डार्फर क्षेत्रमा हालै भएका आक्रमणमा दर्जनौँ व्यक्तिको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका-१३ मा रहेको जन्ती ढुङ्गा संरक्षणमा स्थानीय सरकारको चासो बढेको छ । पौराणिक कालमा जन्ती जानेक्रममा सोही ठाउँमा पुगेको समयमा रात परेको र सोही ठाउँमा अर्को दिन ती जन्ती ढुङ्गाका रूपमा प्रतीक रहेको जनश्रुति रहेको छ ।
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्ले अफमा पुगेको छ । जनकपुरले लिग चरणको एक खेल अगावै प्ले अफमा स्थान बनाएको हो ।
खोटाङको रावाबेँसी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौतासँगै बैंक खाता खोलिदिएपछि नागरिकलाई सहज भएको छ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले सार्वजनिक बिदा बढी भएका कारण सेवाग्राही नागरिकलाई समस्या भएको बताउनुभएको हो ।