ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविर क्षेत्रमा हिमपहिरोले बनाएको पोखरी।
चार वर्षअघि शिलान्यास भएर भौतिक प्रगति शून्य अवस्थामा रहेको चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण प्रकिया अब अघि बढ्ने ढोका खुला भएको छ ।
म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलव शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ ।
फेस्टिभल पछिल्लो समय कोशी प्रदेशका जिल्लामा उत्पादन हुने कृषि तथा घरेलु र पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि राम्रो माध्यम बनेको छ ।
महिला फुटबलरद्वय अमिशा कार्की र गीता राना नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ ।
म्यानमारमा सन् २०२१ मा भएको सैन्य विद्रोह (कू) पछि पहिलो पटक अफिम उत्पादनमा कमी आएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । म्यानमारको दुर्गम सीमावर्ती क्षेत्रमा लामो समयदेखि अफिम खेती फस्टाउँदै आएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ ।
कुनै पनि व्यवसाय गरेर मन लगाएर काम गर्ने हो भने सानो व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा बाँके बैजनाथका अङ्कित पुनले प्रमाणित गर्नुभएको छ ।
तनहुँको वृद्धा बुढेसकालमा पनि सामाजिक काममा सक्रिय हुनुहुन्छ । व्यास नगरपालिका–१२ कमलबारी निवासी ९० वर्षीय बालकुमारी पन्थले सामाजिक सुरक्षाभत्ता(वृद्धाभत्ता) रकम बुझेर सामाजिक काममा खर्च गर्दै आउनुभएको छ ।
इलामको कन्याममा निर्माण गरिएको नेपालकै पहिलो चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ ।
काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय दुई रनको सामान्य लक्ष्य दिएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्नुभएको छ । उहाँले बिहीबार स्थलगत अवलोकन गरी बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिनुभएको छ ।
क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले बुधबार जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी २०७५ मा सांस्कृतिक डबली (नाचघर) निर्माणको काम सुरु गरिएको थियो ।