दाङ, मङ्सिर २७ गते । दाङको घोराही उपमहानगरपालिका १५ स्थित रतनपुर क्षेत्रमा बिहीबार लागेको बाक्लो हुस्सु र घोराही-तुलसीपुर सडक खण्ड । तस्बिरः रासस
म्याग्दी, मङ्सिर २७ गते । धौलागिरि आइसफल पदमार्ग अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँबाट बुधबार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । तस्बिरः रासस
एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका १२९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण सुरु भएको छ ।
दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको सरोकारवालाले जनाएका छन् ।
डेढ वर्षमा बन्नुपर्ने सुर्मीनाला पुल साढे चार वर्ष पुग्न लाग्दा पनि बन्न सकेको छैन ।
पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, उदयपुरलगायतबाट अवैध रूपमा गाँजा उत्पादन गरी सुनसरीको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रबाट तस्करी गर्ने गिरोह सक्रिय भएपछि पछिल्लो समय सशस्त्र प्र
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ ।
तनहुँ, मङ्सिर २७ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि निर्माण हुँदै गरेको पुल । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु. दश करोड दश लाख ९१ हजार एक सय ६६ को लागतमा पुल निर्माण सुरु गरिएको हो । तस्बिरः रासस
जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
नेवाः देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ ।
मुस्ताङ, मङ्सिर २७ गते । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फास्थित माम्ती गुफा । प्राकृतिक सुन्दरताले अत्यन्तै रमणीय, आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल र सडकको नजिकै रहेको यो गुफालाई स्थानीय जनप्रतिनिधि र मार्फा गाउँका अग्रजहरुको पहलमा रङरोगन गरी थप आकर्षक बनाइएको छ । तस्बिरः रासस
दाङ, मङ्सिर २७ गते । दाङको घोराही उपमहानगरपालिका १७ बेलभारस्थित नर्सरीमा झाडी सफाइ गरेर दाउरा निकाल्दै भैसाहि बेलभार सामुदायिक वन उपभोक्ता समूहका सदस्य । भैसाही र भेलभार गाउँका १५८ घरधुरी सामूहिक जम्मा भएर दिनभरी झाडी सफा गरेर निस्केको काठपात र दाउराको जोहो पनि गर्ने गर्दछन्। तस्बिरः रासस
कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार९सान० लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो ।
जाजरकोट भूकम्पपीडितले अस्थायी आवास तथा सामुदायिक पुनर्निर्माणको काम तत्काल अगाडि बढाउन माग गरेका छन् ।