उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन) मा सरिक हुनुभएको छ ।
यहाँको किस्पाङ गाउँपालिका –१ स्थित भाल्चेबेँसीमा आज टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।
अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन नमानेको गुनासो गर्नु भएको छ ।
विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिक रुपमा कार्यान्वयनमा आएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखा प्रतिष्ठानमा भुषण पोखरेल निर्विरोध अध्यक्ष बन्नुभएको छ। प्रतिष्ठानको मनोनयनमा एकल उम्मेदवारी परेपछि पोखरेलसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनसङ्ख्या नीतिलाई संशोधन गर्न योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव सङ्कलन गरेको छ।
दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित नर्सरीमा झाडी सफाइ गरेर दाउरा निकाल्दै भैसाहि–बेलभार सामुदायिक वन उपभोक्ता समूहका सदस्य ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिनुभएको छ ।
स्वास्थ्य समस्या आइ भारतको नयाँ दिल्ली साकेतस्थित म्याक्स अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई सघन उपचार कक्ष (आइसियु) बाट निकालेर प्राइभेट वार्डमा सारिने जनाइएको छ।
नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)बिच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।
नेपाली पौडीबाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरूसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आउनुभएको चिनियाँ विदेश मन्त्रालयले बुधबार जनाएको छ ।
इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।