काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय चार रनको सामान्य लक्ष्य दिएको छ ।
संयुक्त राज्य अमेरिकाले मङ्गलबार कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह–षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ ।
सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसङ्ख्या नीति आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ।
श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सुरु भएको छ ।
रुपन्देहीको सद्धार्थनगर नगरपालीकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो टेम्पो तथा इ–रिक्सा (तिनपाङग्रे) सवारीसाधन व्यवस्थापनको लागी नियमन सुरु गरेको छ ।
बजारमा उच्च माग भएका साल र अस्ना जातका रुख नभएका सामुदायिक वनहरू वैकल्पिक आय खोजी गर्न थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सिराहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो ।
बाँकेमा हात्तीपाइले रोग निवारणका लागि सुरु गरिएको आइडिए इम्प्याक्ट सर्भेको काम अन्तिम चरणमा पुगेको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छभने चारजना घाइते भएका छन् ।
कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरी र हास्य कलाकार हिक्मत महराको निधन भएको छ ।