उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले कुनैपनि दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताउनुभएको छ ।
जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा नव प्रविधिले विश्वमा ल्याएको चुनौतीका बारेमा मङ्गलबार बिहानैदेखि गम्भीर बहस चल्यो ।
सिर्जना अभियान भक्तपुरले २१ जना गीतकारको सामूहिक गीत सङ्ग्रह ‘लयको तरेलीमा’ तथा गीतकार हरिकृष्ण बखुन्छेको दृश्यगीत ‘हाम्रो माया’ सार्वजनिक गरेको छ ।
प्रहरीले विभिन्न ठाउँबाट एकै दिन ८ लाख मूल्य बढीको भन्सार छलीको सामान पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोड, धनगढी–३ ट्राफिक चौराहा, धनगढी–१८, भजनी नगरपालिका–६ माहादेउली, भजनी–९ आमरी बाटभन्सार छलीको सामान पक्राउ गरेको जिप्रका कैलालीले जनाएको हो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा पार्टीको उच्चस्तरीय टोली जनवादी गणतन्त्र चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दश दिने भ्रमणका लागि टोली चीन प्रस्थान गरेको हो ।
भारतकी प्रसिद्ध नारीरत्न राजेश्वरी मोदी (राजदिदी) ले जीवन र त्यससँग सम्बन्धित अध्यात्मिक पक्षका बारेमा उजागर गर्नुभएको छ ।
मनसुनजन्य विपद्को समयमा उद्धार र राहतलाई प्रभावकारी बनाउन जिल्लाको विभिन्न स्थानमा विपद् पाँचवटा सहायता कक्ष स्थापना गरिएको हो ।
बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकै खेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजले बुधबार अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।
इस्लामिक सङ्घ नेपालले लागूऔषधविरुद्ध देशव्यापी अभियान सञ्चालन गरेको छ । असार ११ देखि १६ गतेसम्म ६ दिन अभियान सञ्चालन हुने सङ्घले जनाएको छ ।
खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । सोमबार सञ्चालन भएको १५औँ गाउँ सभामा उपाध्यक्ष ज्ञानबहादुर सिंहले ल्याउन भएको बजेट पारित गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरूको दैनिकी बनेको छ ।