बेनी नगरपालिका–८ की ममता पौडेलले कोर स्माइल डेन्टल क्लिनिकमा काम गर्न थालेपछि आफूमा आत्मविश्वास बढेको महसुस गर्नुभएको छ । उहाँ बौद्धिक अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ ।
सञ्चालनमा रहेका वाणिज्य बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपियाँभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् ।
सर्वोच्च अदालतले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट एन्ड क्लियरिङ) मा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) को व्यवस्था हटाउन माग गर्दै दायर रिट खारेज गरेको छ ।
भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका दुई विदेशी हवाई कम्पनीले एक महिना उडान रोक्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको नेपाल–चीनबिच भएको फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसनको हस्ताक्षरित दस्ताबेज सरकारले मङ्गलबार सार्वजनिक गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जेम्बर्गमा भेटवार्ता भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका ६ स्थित पेठिया बजार (पुरानो बजार) मा बिक्रीका लागि राखिएको बाँसबाट निर्मित परम्परागत हस्तकलाका सामग्री ।
बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशको रिक्त उपाध्यक्ष पदमा चितवनका हरिप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा स्थापित ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरियो।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बेरोजगार अन्त्यका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाद्वारा तम्घासमा आयोजित ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा ‘इन्ट्राक्रानियल हेमरेज’ को आपत्कालीन शल्यक्रियापछि ‘स्थिर’ अवस्थामा रहनुभएको र अर्को हप्ता अस्पताल छोड्न सक्ने उहाँका चिकित्सकहरूले मङ्गलबार बताएका छन् ।
लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले उपभोक्तालाई न्युनतम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
सत्तारुढ दल नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ ।
हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ।
आज अङ्ग्रेजी पात्रोअनुसार डिसेम्बर १० तारिख हो । आजको दिनलाई विश्वभर विश्व मानव अधिकार दिवसका रूपमा मनाइने गरेको छ । दिवसको अवसरमा आज इलाममा पनि विविध कार्यक्रम आयोजना गरिएको छ ।