घरमा काम गर्ने बालिकालाई पटक–पटक करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुबकुमार शिवाकोटी पक्राउ पर्नुभएको छ ।
दाङका मुक्त कमलरी कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरी समूहिक खेती गरेर आम्दानी गर्न थालेका छन् ।
एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ ।
फुटसल खेलका क्रममा बोल्नुहुँदै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताउनुभयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसद, सचिवालयका सदस्य, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरी मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगिताले संसद समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैँ तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घीय संसद्को १८औँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।
गृहमन्त्री रमेश लेखकले वर्तमान गठवन्धन सरकारको मुख्य एजेण्डा भनेको भ्रष्टाचारमुक्त र सुशासनसहितको राष्ट्र निर्माण रहेको बताउनुभएको छ । मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
गाउँमा यति छिटै बिजुली आउँला र उज्यालोमा बसौला भन्ने कल्पनासमेत नगरेका ७२ वर्षीय कल्याण टमटा गाउँमा बिजुली बलेपछि दङ्ग पर्नुभएको छ।
हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले यहाँ एक वर्षमा १४८ मानवअधिकार तथा ज्यादतीका घटना भएको जनाएको छ । मानवअधिकार वर्ष पुस्तक–२०२५ प्रकाशन पूर्व बार्षिक समिक्षा कार्यक्रममा इन्सेकले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
श्रीलङ्का नौसेना द्वारा पक्राउ परेका २१ जना भारतीय मछुवाहरूलाई सफलतापूर्वक स्वदेश फिर्ता गरिएको भारतीय उच्चायोगले जनाएको छ ।
काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा सुरु भएको छ । भक्तपुर नगरको ऐतिहासिक महत्त्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा सुरु भएको छ ।
पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा ५ दिने कम्प्युटर सफ्टवेयर आइटीका विद्यार्थीहरुको प्रतिस्पर्धात्मक एसेस फेस्ट हुने भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मङ्गलबार बिहान कबाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो । कबाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइनसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
यहाँका स्थानीयवासीले रातो हाब्रे (रेडपाण्डा) संरक्षण अभियान चलाएका छन् । तातोपानी गाउँपालिका–८ स्थित नदै सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटासम्म रेडपाण्डा रहेको आँकलन छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ ।