जाजरकोटको नलगाड नगरपालिका–५, खाराखोला र बारेकोट गाउँपालिका–८ जोड्ने पक्की पुल अलपत्र परेको छ ।
बेलौरी नगरपालिका ६ स्थित पुरैनी तालमा रहेको कुर्मा चरा । रैथाने प्रजातिको यो चरा सीमसार क्षेत्रमा बस्ने गर्दछ । यसलाई अङ्ग्रेजीमा पर्पल स्वाम्पहेन भनिन्छ । सीमसार क्षेत्र मासिदै जाँदा यस चराको सङ्ख्यामा कमी आउन थालेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको हिमाली जडीबुटी ।
सुर्खेतमा मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन बनाउन श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको छ ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईविरुद्ध नेपाल पत्रकार महासङ्घ सुनसरीले सोमबार मौन जुलुस प्रदर्शन गरेको छ । मौन जुलुसमा सहभागीले प्रेस स्वतन्त्रताको
जिल्लाको छायानाथ रारा नगरपालिका–६, कोटिलागाउँमा जथाभाबी खनिएको सडकले जोखिम बढाएको छ ।
सर्लाहीको चुरेभेगस्थित दुर्गम क्षेत्रमा पर्ने बस्तीमा पालिका तथा विभिन्न निकायको सहयोगमा खानेपानी आयोजना सञ्चालन भएपछि अहिले खानेपानीको समस्या केही हदसम्म टरेर गएको छ ।
प्रदेश सरकारले दुर्गमका आवासीय विद्यालय भवन निर्माणलाई निरन्तरता दिएको छ ।
दोलखामा कुनै बेला गाउँका हुनेखानेले मात्र सोखले बनाएका झिँगटीको छाना भएका घर लोप हुँदै गएका छन् । नयाँ प्रविधिसँगै आएका जस्तापाताले काम गर्दै गरेका बेला
दाङको घोराही उपमहानगरपालिका ५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा निर्माण गरिएको कृत्रिम जलाशय शिवसरोवर । लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यवस्थापनको सातलाख गरी करिब दुई करोडको लागतमा शिवसरोवरको निर्माण भएको हो।
बेलौरी नगरपालिका–६ स्थित पुरैनी ताल नजिक उड्दै गरेको लोपोन्मुख प्रजातीको घुँघीफोर गरुडको बथान । कम गहिराई भएका ताल तथा जलाशय, बाढी पसेको धान खेत क्षेत्रमा यो गरुड प्रजातीको बथान पाइन्छ । यो गरुड यहाँको रैनाथे प्रजाती हो ।
बागलुङमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नहुँदा किसान मर्कामा परेका छन् । वर्षौंदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले पनि खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।