प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गर्नुभएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, सङ्गठित र सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
बेइजिङले आफ्नो दक्षिणी सीमामा लडाइँ अन्त्य गर्न खोजिरहेको बेला म्यानमाको एउटा प्रमुख जातीय विद्रोही समूहले आफ्नो सरकारसँग वार्ताका लागि प्रतिनिधिमण्डल पठाएको समूहका प्रवक्ताले सोमबार बताएका छन् ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ ।
विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबिचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ सोमबार बङ्गलादेश पुग्नुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले हालै उमेश श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा गर्नुभएको नियुक्तिलाई अनुमोदन गरेको छ ।
हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताउनुभएको हो ।
टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् ।
लमजुङमा सोमबार दिउँसो ३:४५ बजे विवाहको समान लिएर गएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दैलेख बजारको प्रवेशद्वारकै बारुदथान दोबाटोमा लु २ ख ४००८ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्रु नौमूले गाउँपालिका–५ सालकोटकी ४६ वर्षीया अमृता विकको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी २०८४ को निर्वाचनमा माओवादी केन्द्र पाटी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
सन् २०२७ मा साउदी अरबमा आयोजना हुने एसिया कप फुटबलको तेस्रो चरणको छनोट खेलमा नेपाल समूह ‘एफ’ मा परेको छ ।
पछिल्लो समय बालविकास कक्षाका शिक्षिकाहरू शिक्षण विधिमा समयसापेक्ष परिवर्तन ल्याएको छ । बालबालिका बालमनोविज्ञानका आधार शिक्षिकाहरू समयअनुसार अद्यावधि भएर शिक्षण क्रियाकलापमा परिवर्तन ल्याएका हुन् ।