भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित भएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको सोमबार उद्घाटन गर्नुभएको छ ।
सत्तारुढ दल नेपाली काँग्रेसले पार्टी केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ । सोमवार बसेको काँग्रेस केन्द्रिय कार्यासम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाद्वारा मनोनित श्रेष्ठलाई कोषाध्यक्षमा बहुमतले अनुमोदन गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा प्लाष्टिकको प्रयोग भइरहेको पाइएको छ । धनगढीमा विगत तीन वर्षदेखि प्लाष्टिक बिक्री र प्रयोग निषेध रहे पनि प्रतिबन्धित प्लाष्टिक महोत्सवमा प्रयोग भइरहेको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताउनुभएको छ ।
घानाका उपराष्ट्रपति र सत्तारुढ पार्टीका उम्मेद्वार महामुदु बाबुमियाले २०२४ को राष्ट्रपति चुनावमा आइतवार हार स्वीकार गर्नुभएको छ । आफ्नो आधिकारिक निवासबाट एक संक्षिप्त टेलिभिजन सम्बोधनमा सत्तारुढ नयाँ देशभक्त पार्टीको नेतृत्व गर्ने बाउमियाले नतिजाहरू स्वीकार गर्नुभएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबिच भेटवार्ता भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालीका प्रविधि मैत्री बन्दै गएको छ । नागरीकाको सेवा प्रवाहलाई सहज बनाउन पछिल्ला दिनहरुमा नगरपालिकाले प्रविधीको प्रयोगलाई बढाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्ध साझा प्रतिबद्धतासहित सुदूरपश्चिम प्रदेश सरकारले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबिच दिवस मनाइएको हो ।
इण्डोनेसियाको पश्चिमी जाभामा आएको बाढी र पहिरोमा परी ५ जनाको ज्यान गएको छ । ७ जना बेपत्ता भएका छन् । पश्चिम जाभा प्रान्तमा आएको बाढी र पहिरोले सयौं घर र पूर्वाधारमा क्षति गरेको छ ।
रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटगर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीले गाउँ समाजमा आफुहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन् ।
नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपियाँले बढेर एक लाख ५० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–२ स्थित कटेशाखोला नजिकै हाइस बस दुर्घटना भएको छ ।
बाजुरामा हिमपात सुरु भएको छ । जिल्लाको उच्च स्थानमा अर्थात् हिमाली क्षेत्रका विभिन्न ठाउँमा हिमपात भएपछि यहाँका स्थानीयको जनजिवन निकै प्रभावित भएको छ ।