नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपियाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपियाँ ८१ पैसा कायम भएको छ ।
ग्लोरी टिन एन्ड किड्स ट्यालेन्ट, २०२४ प्रतियोगिताका सहभागीले व्यक्तित्व विकास र टेबल म्यानरको प्रशिक्षण प्राप्त गर्नुभएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
चलचित्र ‘कार्साङ’ को टिजर सार्वजनिक गरिएको छ ।
आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागले राजस्व चुहावटका जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गरी सूचना सङ्कलन गर्ने, विश्लेषण गर्ने तथा सोको कार्यान्वयनका लागि एकआपसमा सूचना आदानप्रदान गर्ने भएका छन् ।
मुलुकको कुल जनसङ्ख्याको १५ प्रतिशत कर प्रयोजनका दर्ता भएको पाइएको छ ।
पौष्टिक फल भएर पनि पहाडी जिल्लामा खपत नहुँदा बजार खोज्दै सुन्तला कृषक अहिले तराई झर्न थालेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी फेब्रुअरी पहिलो साता नेपाल अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानव अधिकारको पालना गर्नू गराउनू सबैको दायित्व रहेको बताउनुभएको छ ।
लामो समयदेखि चर्चामा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि छलफल गर्न सांसदहरूको अरुचि देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रबिच पारस्परिक विश्वास, साझेदारी र सहयोगलाई बढावा दिनु सार्कको प्रमुख भूमिका रहेको बताउनुभएको छ ।
कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ ।
समितिमा दफावार छलफलका लागि पठाइएको छ महिनापछि प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकको दफावार छलफल प्रारम्भ गरेको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित रहेको छोङ्या ताल । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको सो ताल कागबेनीबाट नजिक पर्दछ । स्थानीयका अनुसार छो भनेको ताल र ङ्या भनेको माथि हो ।
आँखाकोे समस्या भएका पहाडी तीन जिल्लाका नागरिकलाई सेवा दिन पाँचथरको फिदिममा तीन दिने निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।