नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले संविधान संशोधनको काम डेढ वर्षपछि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताउनुभएको छ ।
स्वास्थ्य समस्या देखिएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ।
पाल्पा व्यापार सङ्घको अध्यक्षमा विष्णुबहादुर कार्की चयन हुनुभएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनायो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गर्नुभएको छ ।
गायिका अस्मिता अधिकारी तथा गायक मुकुन्द त्रिपाठीको 'जाऊ हिँड पोखरा' सार्वजनिक भएको छ ।
कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।
धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ ।
किरात राई यायोक्खा सुनसरीको दशौँ जिल्ला अधिवेशनमा राजेन्द्र राई निर्वाचित हुनुभएको छ ।
इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गर्नुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।
मङ्सिरको अन्त्यसम्म चिसोको आभास हुन थालिसकेको छ । शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, कोइला तथा हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गरिन्छ । यी सबैको प्रयोग गर्ने क्रममा सावधानी नअपनाउँदा मृत्युको मुखमा समेत पुग्नसक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको हाे ।
भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबिचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गर्नुभएकाे छ ।
कैलालीमा प्रहरीले १० लाख ९१ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले भन्सार छलीको सामान बरामद गरेको हो ।